
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य फेरि वृद्धि भएको छ। आइतबार ६ हजार ९०० रुपैयाँले ठूलो गिरावट आएको सुन आज भने ५०० रुपैयाँले बढेर कारोबार भइरहेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुन प्रति तोला २ लाख ४३ हजार ३०० रुपैयाँ तोकिएको छ।
आइतबार यसको मूल्य २ लाख ४२ हजार ८०० रुपैयाँ थियो।
यससँगै चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर आज प्रति तोला ३ हजार १५५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो।
सुन–चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजार, डलर विनिमय दर तथा माग–आपूर्ति अनुसार उतार–चढाव हुने गर्दछ। पछिल्लो केही हप्तामा सुनको मूल्य निरन्तर उच्च बिन्दुमा रहँदै आएको छ।