Join our Channel

इन्टरपोल रेड नोटिसमा रहेका आकाश प्रसाद कुशवाहा मलेसियामा पक्राउ, नेपाल ल्याइयो

इन्टरपोल रेड नोटिसमा रहेका आकाश प्रसाद कुशवाहा मलेसियामा पक्राउ, नेपाल ल्याइयो

इन्टरपोलमार्फत रेड नोटिस जारी भएका रौतहट–कटहरिया नगरपालिका–१ का आकाश प्रसाद कुशवाहा मलेसियाबाट पक्राउ परेका छन्। ठगी र संगठित अपराध मुद्दामा फरार रहेका कुशवाहालाई एनसिबी क्वालालम्पुरको समन्वयमा पक्राउ गरी शनिबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरी अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखाले २०८० मंसिर २१ गते उनीविरुद्ध रेड नोटिस जारी गराउन अनुरोध गरेको थियो। त्यसपछि विश्वव्यापी खोजतलासमा रहेका कुशवाहा अन्ततः मलेसियामा प्रहरीले नियन्त्रणमा लिए।

उनीमाथि चलिरहेको मुद्दामा थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटबाट खटिएको टोलीलाई जिम्मा हस्तान्तरण गरिएको इन्टरपोल शाखाले जानकारी दिएको छ।

Leave a comment