Join our Channel

रौतहटमा स्वचालित हतियारसहित २२ वर्षीय सुमन आचार्य पक्राउ

रौतहटमा स्वचालित हतियारसहित २२ वर्षीय सुमन आचार्य पक्राउ

सशस्त्र प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट स्वचालित हतियारसहित एक युवालाई पक्राउ गरेको छ। शनिबार साँझ पक्राउ परेका युवक सुमन आचार्य (२२) मकवानपुरको हेटौडा उपमहानगरपालिका–१३ पदमपोखरी निवासी हुन्।

सशस्त्र सुरक्षा बेस सन्तपुरका प्रमुख डीएसपी राजेन्द्र बहादुर बस्नेतका अनुसार आचार्यलाई नियन्त्रणमा लिएपछि उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको छ।

प्रहरीले आचार्यको साथबाट १ थान CF-98-9 पेस्तोल, सोको म्यागजिन, १ थान इटालियन पेस्तोल, सोको म्यागजिन, १३ राउन्ड गोली, साथै खुकुरी समेत बरामद गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी रुपा लाबुङका अनुसार आचार्यमाथि थप अनुसन्धान सुरु गरिएको छ र हातहतियार तथा खरखजाना ऐन अनुसार कानुनी प्रक्रिया अघि बढाइनेछ।

Leave a comment