Join our Channel

विराटनगरको प्लास्टिक उद्योगमा भीषण आगलागी, आसपासका घर जोखिममा

विराटनगरको प्लास्टिक उद्योगमा भीषण आगलागी, आसपासका घर जोखिममा

विराटनगर महानगरपालिका–७, सात घुम्ती नजिक रहेको एउटा प्लास्टिक उद्योगमा भीषण आगलागी भएको छ। केहीबेरअघि सुरु भएको आगो अहिले पनि दन्किइरहेको छ भने नियन्त्रणका प्रयास निरन्तर जारी छन्।

प्रहरीका अनुसार उद्योगभित्रबाट आगो तीव्र रूपमा फैलिँदै गएको छ र अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन

आगो निभाउनका लागि विराटनगरका दमकलसहित सुनसरीका विभिन्न पालिकाबाट पनि दमकल परिचालन गरिएको छ। स्थानीयबासी, प्रहरी तथा अन्य सुरक्षा निकायहरू मिलेर आगो नियन्त्रणमा जुटिरहेका छन्।

आगलागीको कारण अहिलेसम्म स्पष्ट नभएको प्रहरीले जनाएको छ। उद्योग नजिकका घरहरू उच्च जोखिममा परेका कारण स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

Leave a comment