
नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभावका कारण स्थानीय बजारमा पनि मूल्य घटेको व्यवसायीहरूले बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर ३ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको छ। आइतबार भने छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्यमा आएको उतारचढावले नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। यही कारण आज स्थानीय बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको व्यवसायीहरूको भनाइ छ।