Join our Channel

१ करोड मतगणना : रास्वपा पहिलो, नेकपा सबैभन्दा कम मतमा, कांग्रेस दोस्रो

१ करोड मतगणना : रास्वपा पहिलो, नेकपा सबैभन्दा कम मतमा, कांग्रेस दोस्रो

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मत गणना जारी रहेको छ। हालसम्म सार्वजनिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि रहेको छ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ। दोस्रोमा नेपाली कांग्रेस १८ सिट, तेस्रोमा नेकपा एमाले ९ सिट, नेपाली कम्युनिष्ट पार्टी ८ सिट, श्रम संस्कृति पार्टी ३ सिट, राष्ट्रिय स्वतन्त्र पार्टी (एक थप) १ सिट, र एक जना स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।

समानुपातिकतर्फ हालसम्म १ करोड २ लाख ८४ हजार ४८१ मत गणना भएको छ। यस क्रममा ६ वटा पार्टीले तीन प्रतिशत थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता पाएकी छन्।

समानुपातिक मत अनुसार रास्वपाले ४९ लाख ४५ हजार ५५८ मत प्राप्त गरेको छ। दोस्रोमा कांग्रेसले १६ लाख ७२ हजार ९१४, तेस्रो नेकपा एमालेले १३ लाख ८८ हजार ४३२, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ५२ हजार ४४१, श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार १६७, र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार ४०९ मत प्राप्त गरेको छ।

विशेष ध्यानाकर्षण योग्य तथ्य यो छ कि नेकपा एमाले र अन्य पुराना पार्टीका उम्मेदवारले आफ्नो पार्टीभन्दा बढी मत पाएका छन्, जबकि रास्वपाका उम्मेदवारले पार्टीको तुलनामा केही कम मत पाएका देखिएका छन्।

नेपाली निर्वाचनको यस चरणले रास्वपाको उदय र राजनीतिक शक्ति प्रदर्शनलाई प्रस्ट देखाएको छ।

Leave a comment