Join our Channel

एसिया कप २०२५ : श्रीलङ्कालाई ४ विकेटले हराउँदै बंगलादेश विजयी

एसिया कप २०२५ : श्रीलङ्कालाई ४ विकेटले हराउँदै बंगलादेश विजयी

एसिया कप २०२५ को सुपर फोर चरणको पहिलो खेलमा बंगलादेशले रोमाञ्चक जित हात पारेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा बंगलादेशले श्रीलङ्कालाई ४ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६८ रन जोड्यो। जवाफमा बंगलादेशले अन्तिम ओभरको पाँचौं बलमै लक्ष्य पार गर्दै १९.५ ओभरमा ६ विकेट गुमाएर १६९ रन पूरा गर्‍यो।

बंगलादेशको इन्निङ्स

  • सैफ हसन : ६१ रन (४५ बल, २ चौका, ४ छक्का)
  • तोहित रिडोय : ५८ रन
  • लिटोन दास : २३ रन
  • सहमिम होसेन : १४ रन अविजित

बलिङतर्फ श्रीलङ्काका

  • वनिन्दु हसरंगा : २ विकेट
  • दसुन सानाका : २ विकेट
  • नुवान थुसारा : १ विकेट
  • दुश्मन्था चमेरा : १ विकेट

श्रीलङ्काको इन्निङ्स

  • दसुन सानाका : ६४* रन (३७ बल, ३ चौका, ६ छक्का)
  • कुशल मेन्डिस : ३४ रन
  • पाथुम निसाङ्का : २२ रन
  • चारिथ आसलङ्का : २१ रन
  • कुशल पेरेरा : १६ रन

बलिङतर्फ बंगलादेशका

  • मुस्ताफिजुर रहमान : ३ विकेट
  • महेदी हसन : २ विकेट
  • तास्किन अहमद : १ विकेट

सुपर फोर स्थिति

  • श्रीलङ्का समूह बीमा अपराजित विजेता बनेर सुपर फोरमा प्रवेश गरेको थियो।
  • बंगलादेश भने समूह उपविजेताका रूपमा सुपर फोरमा आएको हो।

सुपर फोरको दोस्रो खेल आज समूह ए अन्तर्गत हुनेछ, जहाँ भारत (समूह विजेता)पाकिस्तान (समूह उपविजेता) आमनेसामने हुनेछन्।

Leave a comment