
राई समुदायको मुख्य पर्व आउताबाबु औंसीको अवसरमा आइतबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गाउँपालिका मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, अन्य शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक संघ–संस्थामा स्थानीय बिदा हुने जानकारी दिएका छन्।
यस अवसरमा अध्यक्ष वाइबाले गाउँपालिका बासी, स्वदेशी तथा विदेशमा रहेका सम्पूर्ण राई समुदायलाई शुभकामना दिँदै पर्वले सबैमा सद्भाव, एकता र सांस्कृतिक पहिचानको संरक्षण गर्न प्रेरणा दिनुपर्ने उल्लेख गरे।
हरिहरपुरगढी गाउँपालिकामा आदिवासी जनजाति राई समुदायको उल्लेख्य बसोबास रहेको छ। आउताबाबु औंसी पर्वलाई राई समुदायले विशेष महत्वका साथ मनाउने परम्परा रहिआएको छ।