Join our Channel

रौतहटको बनाना रिसोर्टमा भीषण आगलागी, ४० लाखको क्षति

रौतहटको बनाना रिसोर्टमा भीषण आगलागी, ४० लाखको क्षति

रौतहट जिल्लाको ईशनाथ नगरपालिका–२ स्थित बनाना रिसोर्टमा शनिबार बिहान करिब ३:४० बजे भीषण आगलागी भएको छ।
आगलागीका कारण रिसोर्टभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।

रिसोर्ट सञ्चालक राकेस गुप्ताका अनुसार, आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ। रिसोर्ट निर्माणमा आधा लगानी नेपाल सरकारको र आधा श्री जौहरीमाई कृषि तथा सहकारी संस्थाको रहेको बताइएको छ।

रिसोर्टमा प्रयोग गरिने कृषि उपकरण, खाद्यान्न, फर्निचर, फ्रिज लगायतका महत्त्वपूर्ण सामग्री जलेका छन्।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा नगरपालिकाको दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्राथमिक अनुमानअनुसार आगलागीको कारण विद्युतीय शर्ट सर्किट हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

Leave a comment