
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले माइतीघर मण्डलामा राखेको ७ बुँदे मागमा वनमन्त्री एन. बहादुर शाहीले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
शनिबार अनसनको चौथो दिन मेयर भट्टराईलाई भेट गर्न स्वयं माइतीघर पुगेका मन्त्री शाहीले आइतबार बिहान ११ बजे औपचारिक वार्ता गर्ने तयारी भएको जानकारी दिएका छन्।
भट्टराईका मुख्य मागहरुः
- स्थानीय उत्पादन बास, काठ, राडीपाखी सरकारी संरचनामा प्रयोग गर्न नीतिगत व्यवस्था
- क्रसर उद्योगले गर्ने जथाभावी प्रकृति दोहन रोक्न कडा कारबाही
- बाँदर आतङ्कबाट प्रभावित पहाडी जिल्लाका जनतालाई क्षतिपूर्ति र राहत
- खोटाङ जाने बाटोमा अधुरो बनेका सडक, पुल र अन्य पूर्वाधारको पुनःनिर्माण र जिम्मेवार निकायमाथि कारबाही
भट्टराईले अनसन तोड्ने सहमति सरकारी प्रतिबद्धता र नीतिगत निर्णयपछि मात्र हुने बताएका छन्।
वार्तामा वन मन्त्रालय, शहरी विकास मन्त्रालयका प्रतिनिधि, मेयर भट्टराईका तर्फबाट नगर प्रवक्ता दिनेश घिमिरे र राजाराम थापा सहभागी हुनेछन्।