Join our Channel

कर्णालीमा कृषकलाई ब्याज अनुदान, कृषि विकासमा ऐतिहासिक प्रगति

कर्णालीमा कृषकलाई ब्याज अनुदान, कृषि विकासमा ऐतिहासिक प्रगति

कर्णाली प्रदेश सरकारले कृषकलाई लक्षित ब्याज अनुदान कार्यक्रम, साना सिँचाइ आयोजना, मौरीपालन, बिउबिजन वितरणलगायत विविध कार्यक्रममार्फत कृषिमा ऐतिहासिक प्रगति गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा कर्णालीका ८८५ कृषकले ब्याज अनुदानको प्रत्यक्ष लाभ लिएका छन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव परशुराम रावतका अनुसार ५३५ कृषकले बैंकमार्फत र ३५० जनाले सहकारीमार्फत अनुदान प्राप्त गरेका छन्। प्रदेशभर १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी कृषि ऋण परिचालन गरिएको हो।

कर्णालीको अर्गानिक उत्पादन अन्तर्राष्ट्रिय बजारमा

कर्णालीमा उत्पादित सुक्खा अदुवा र बेसार जर्मनी निर्यात भइरहेका छन्। हाल २,००० किसान अर्गानिक प्रमाणीकरण प्रक्रियामा संलग्न छन्। यसले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन मार्ग खोलिदिएको छ।

सिँचाइ सुविधा र रोजगार सृजना

गत वर्ष मात्र ७४७ साना सिँचाइ आयोजना कार्यान्वयन भई २,१४२ हेक्टर क्षेत्रमा सिंचाइ सुविधा पुगेको छ। साना सिँचाइ आयोजना र कृषि विस्तारले १६,२०० घरधुरीलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ भने १ लाख २५ हजार दिन बराबरको रोजगारी सिर्जना भएको छ।

बोटबिरुवाको विस्तार र बिउ वितरण

  • २०,१०० सुन्तला, १५,४०० कागती, ५,००० ओखर र १,००० स्याउका बिरुवा रोपिएको छ।
  • ६५० कृषकलाई धान, मकै, गहुँ, अदुवा र बेसारको बिउ वितरण गरिएको छ।
  • ८,४३६ मौरी घार र सामग्री समेत किसानलाई उपलब्ध गराइएको छ।

कृत्रिम गर्भाधान र पशु स्वास्थ्यमा योगदान

  • ५०,०१८ पशुमा कृत्रिम गर्भाधान
  • २,५०७ कृषकलाई दूध उत्पादन प्रोत्साहन
  • ५० भन्दा बढी भेडापालकलाई औषधि उपचार र प्रोत्साहन अनुदान

माटो परीक्षण र बिउ प्रमाणीकरण

  • १५,२०४ माटो नमुना परीक्षण
  • ३१.५१ टन बिउ प्रमाणीकरण
  • ८९ हेक्टरमा खडाबाली निरीक्षण

बजेट कार्यान्वयन दर ६९ प्रतिशत

मन्त्रालयका लागि विनियोजित १ अर्ब ८६ करोड रुपैयाँमध्ये १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी बजेट कार्यान्वयन गरिएको छ। सबैभन्दा बढी बजेट कार्यान्वयन कालीकोट कृषि विकास कार्यालयले गरेको हो — ९६.६९ प्रतिशत

मुख्यमन्त्री यामलाल कँडेलले भने, “केवल बजेट खर्च नै होइन, सामाजिक प्रभाव हेर्नुपर्ने बेला आएको छ। विदेशबाट फर्केका युवालाई कृषि पेशामा जोड्नुपर्ने आवश्यकता छ।

Leave a comment