Join our Channel

भक्तपुरमा दुःखद घटना: डेरा बस्ने दिदीबहिनीको एकैसाथ मृत्यु

भक्तपुरमा दुःखद घटना: डेरा बस्ने दिदीबहिनीको एकैसाथ मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी एकै ठाउँमा मृत फेला परेका छन्।

स्थानीय निरज चक्रधरको दुईतले घरको भुइँतल्लामा डेरा लिएका सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएका १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल बिहान झुण्डिएको अवस्थामा फेला परेको हो।

दुवै जना दिदीबहिनी भएको पुष्टि प्रहरी वृत्त थिमीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज ढुंगानाले गरेका छन्। उनीहरू सोही घरको ‘प्यासेज’ मा एउटै डोरीको सहारामा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीको भनाइ छ।

घरधनीका अनुसार मेनुका र सिर्जना दुई साताअघि मात्रै डेरा बस्न आएका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरू दुवै जना घरबाट भागेर आएको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको र मृतकको आफन्तजन सम्पर्कमा आएपछि घटनास्थलको कानुनी प्रक्रिया (मुचुल्का) अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ।

Leave a comment