Join our Channel

नेपाल-भारत मैत्री बसबाट गाँजासहित दुई जना पक्राउ

नेपाल-भारत मैत्री बसबाट गाँजासहित दुई जना पक्राउ

सशस्त्र प्रहरीले नेपाल-भारत मैत्री बसबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महाराष्ट्र मुम्बई बस्ने ४२ वर्षीय अनवर सलाउदिन खान४१ वर्षीय मोहम्मद इकवाल सय्यद रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१६ बाट भारततर्फ जाँदै गरेको बा ५ ख १२३७ नम्बरको नेपाल-भारत मैत्री बसमा जाँच गर्दा उनीहरुको झोलाबाट ६ किलो ४ सय ग्राम गाँजा बरामद भएको हो।

दुवैलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको छ। यसबारे सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिएका छन्।

Leave a comment