Join our Channel

इलाम बसपार्कस्थित होटलमा पुरुष मृत फेला

इलाम बसपार्कस्थित होटलमा पुरुष मृत फेला

पाँचथरको हिलिहाङ-३ गोपेटारका ३४ वर्षीय डुपछिरिङ शेर्पा इलाम सदरमुकामस्थित बसपार्कको गजुरमुखी होटलमा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार, शेर्पा आइतबार बिहान सुतेको कोठामै मृत फेला परेका थिए। उनी अघिल्लो दिन साँझ इलाम बजारको सो होटलमा बास बस्न पुगेका थिए।

प्रहरीले मृतकको शव इलाम अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ र आफन्तसँग बुझाएर कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन्।

Leave a comment