
प्रधानमन्त्री सुशीला कार्कीले आज आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री थप्ने भएका छन्।
बालुवाटार स्रोतका अनुसार आज शपथ ग्रहण गराउने चार मन्त्रीहरू यस प्रकार छन्:
- सुधा गौतम – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री
- गणपतिलाल श्रेष्ठ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
- बब्लु गुप्ता – युवा तथा खेलकुद मन्त्री
- खगेन्द्र सुनार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
चारै मन्त्रीको शपथ ग्रहणपछि प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय बन्नेछ।