Join our Channel

13 जिल्हामा प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर, काठमाडौंमा छविलाल रिजाल नियुक्त

13 जिल्हामा प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर, काठमाडौंमा छविलाल रिजाल नियुक्त

सरकारले काठमाडौंसहित 13 जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको व्यापक हेरफेर गरेको छ। गृह मन्त्रालयको निर्णयअनुसार काठमाडौंको सिडिओमा छविलाल रिजाललाई नियुक्त गरिएको छ भने हालका सिडिओ ऋषिराम तिवारीलाई मन्त्रालयमै तानिएको छ।

नयाँ सरुवामा सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा, मुगु, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, ताप्लेजुङ, डोल्पा, हुम्ला र रुकुम पूर्वका सिडिओहरूलाई पनि स्थानान्तरण गरिएको छ।

स्थानान्तरण गरिएका सिडिओहरू

अनोजकुमार घिमिरे, अर्जुन पौडेल, मातृका आचार्य, मेघनाथ पाध्या, कमलप्रसाद पाण्डे, गुरुदत्त ढकाल, नारायणप्रसाद भट्टराई, कुलबहादुर जीसी, नेत्रप्रसाद शर्मा, रोमबहादुर महत, नारायण पाण्डेय र रुद्रप्रसाद न्यौपानेलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ।

नयाँ सिडिओहरू

  • बाजुरा – गणेशप्रसाद पौडेल
  • सोलुखुम्बु – लिलाकुमारी केसी पाण्डे
  • रसुवा – राजेश पन्थी
  • मनाङ – नवराज पौडेल
  • ताप्लेजुङ – शिवराज सेढाइ
  • मुगु – खडानन्द खत्री
  • रुकुम पूर्व – सिता परियार
  • म्याग्दी – बद्रीप्रसाद तिवारी
  • कालिकोट – गोकर्ण राज सुयल
  • रुकुम पश्चिम – दिनेशप्रसाद थानी
  • डोल्पा – भीमराज कोइराला
  • हुम्ला – टेककुमार रेग्मी

यस निर्णयसँगै सम्बन्धित जिल्लामा प्रशासनिक संरचना पुनःसंरचना हुने अपेक्षा गरिएको छ।

Leave a comment