
युरोपमा जारी अत्यधिक गर्मीको लहरले इटालीमा ठूलो असर पारिरहेको छ। इटालीका धेरैजसो भागहरू घातक तापक्रमले प्रभावित छन्, जसका कारण स्वास्थ्य जोखिम बढेको छ।
प्रमुख शहरहरूमा रेड अलर्ट जारी गरिएको छ। विभिन्न स्वास्थ्य केन्द्रहरूमा बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ। हालसम्म गर्मीसँग सम्बन्धित समस्याले कम्तीमा ५ जनाको मृत्यु भइसकेको अधिकारीहरूले जनाएका छन्।
रोम शहरमा, पर्यटकीय क्षेत्रहरू र सार्वजनिक यातायात केन्द्रहरूमा रेडक्रसका कर्मचारीहरू पानी वितरणका लागि खटाइएको छ। साथै, घरबारविहीन र कमजोर व्यक्तिहरूका लागि विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको छ।
साता अन्त्यसम्म २० वटा प्रमुख शहरहरूमा रेड अलर्ट जारी रहने जनाइएको छ। इटालीमा अहिलेको गर्मीलाई ‘घातक स्तरको’ भनेर चिनिएको छ। स्वास्थ्य अधिकारीहरूले सुरक्षित रहन आग्रह गरेका छन्।