
नेपाली बजारमा आइतबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला २ लाख ३९ हजार रुपैयाँ कायम भएको सुन आइतबार २ लाख ३९ हजार ७०० रुपैयाँ पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा ७ सय रुपैयाँको वृद्धि भएको हो।
तर, चाँदीको मूल्य भने घटेको छ। आज ५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ३ हजार ५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। शुक्रबारको कारोबारमा चाँदीको मूल्य ३ हजार ५६० रुपैयाँ थियो।
सुनको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग, अमेरिकी डलरको दर, तथा तेल बजारको प्रभावले पनि सुन–चाँदीको मूल्यमा असर पार्दै आएको व्यवसायीहरूको भनाइ छ।