
सुनको मूल्य आज ४ हजार ८०० रुपैयाँले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ७ हजार १०० रुपैयाँले बढेर एक तोला सुन २ लाख ५८ हजार पुगेको थियो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँ पुगेको छ।
चाँदीको मूल्यमा पनि गिरावट
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार, आज एक तोला चाँदी ३२ सय ७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।
स्रोत अनुसार, शुक्रबार प्रतितोला चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँ कायम थियो।