Join our Channel

प्रचण्डको आलोचना: ‘पटकपटक संसद् विघटन गर्नेहरूले अहिले पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद’

प्रचण्डको आलोचना: ‘पटकपटक संसद् विघटन गर्नेहरूले अहिले पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद’

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन्।

शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समूहको संसद् विघटन इतिहास सम्झाउँदै यस्तो टिप्पणी गरेका हुन्।

निर्वाचन र लोकतन्त्रमा जोड

प्रचण्डले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै, निर्वाचन हुन नसके देशमा अर्को अराजकता आउन सक्ने चेतावनी दिएका छन्।
उनीसँगै, घोषित निर्वाचनलाई भाँड्ने प्रयास नगर्न सबैलाई आग्रह पनि गरिएको छ।

संघीय सहमति र संविधान संशोधन

  • राष्ट्रिय सहमतिका साथ निर्वाचन सम्पन्न गराउनु जरुरी रहेको प्रचण्डले बताए।
  • सरकार निर्वाचन सञ्चालनमा गम्भीर रहेको विश्वास उनले व्यक्त गरे।
  • वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको भए पनि यसलाई ट्रयाकमा ल्याउने उपाय संविधान संशोधन भएको उनले बताए।
  • समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी पनि दिए।

जेनेरेसन जेड र क्रान्तिकारी दृष्टिकोण

प्रचण्डले जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको रूपमा चित्रण गर्दै, उनीहरूमाथि अपमानजनक टिप्पणी जायज नहुने स्पष्ट पारे।
साथै, कुनै पनि क्रान्तिमा मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरूलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गरे।

Leave a comment