
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित मोबिलिटी एक्स्पो २०२५ बुधबारदेखि सुरु भई दोस्रो दिनमा झन् आकर्षक बन्दै गएको छ। बिहान ११ देखि राति ८ बजेसम्म चल्ने यो पाँचदिने एक्स्पोमा नयाँ मोडलसहित बम्पर छुट योजना सार्वजनिक भइरहेका छन्।
पहिलो दुई दिनमा २८ हजार भन्दा बढी अवलोकनकर्ता
पहिलो दिन १५ हजार र दोस्रो दिन १३ हजारले अवलोकन गरेको नाइमाले जनाएको छ। चाडपर्व नजिकिँदै गर्दा कम्पनीहरूले ल्याएका अफर दसैं–तिहारसम्म कायम रहनेछन्।
मुख्य कम्पनी र अफरहरू
हुन्डाई
- “हुन्डाई असम अगस्ट” योजना
- ८ लाख रुपैयाँसम्म नगद छुट
- १ वर्षको निःशुल्क बिमा
- ३ वर्ष वारेन्टी
मोर्बिडेली नेपाल
- नयाँ मोडल T352X र T252X
- एक्स्पो मूल्य : रु. ९.२३ लाख (सोरुम मूल्य रु. ९.९७ लाख)
प्रोटोन (जगदम्बा मोटर्स)
- ब्याट्रीमा ८ वर्ष अनलिमिटेड माइलेज वारेन्टी
- रु. २.९९ लाख नगद छुट
- ४ वर्ष शून्य ब्याजदर फाइनान्सिङ
एमजी (पारामाउन्ट मोटर्स)
- ४ लाख रुपैयाँसम्म छुट
- निःशुल्क चार्जर (३kW वा ७kW)
- कम्प्रिहेन्सिभ इन्स्योरेन्स निःशुल्क
एसपीजी अटोमोबाइल्स
- जेइको J-5 : रु. ५६.९९ लाख (एमआरपी रु. ६०.९९ लाख)
- ओमोडा E5 : रु. ५४.९९ लाख (एमआरपी रु. ६१.९९ लाख)
जिकर (पायोनियर मोटो कर्प)
- जिकर X : रु. ६९.९९ लाख (एमआरपी रु. ८४.९९ लाख)
- ८ वर्ष वा १.६ लाख किमी वारेन्टी
लिपमोटर B10
- मूल्य : रु. ५९.९९ लाख
- ४६० किमी रेन्ज, १६०kW मोटर
सीएफ मोटो / जिहो
- ५० हजारसम्म छुट
- ५ वर्षको वारेन्टी
एलएक्सजी मोटर्स – क्यारी इलेक्ट्रिक भ्यान
- Kevan 1 : रु. ५८.५६ लाख
- Kevan 2 : रु. ६३.०६ लाख
- ३००+ किमी रेन्ज
केटीएम नेपाल
- नयाँ ६ मोडल (२०० Duke देखि ३९० Enduro R)
- TFT डिस्प्ले, ABS, ट्र्याक्सन कन्ट्रोलजस्ता फिचर
निसान (पायोनियर मोटो कर्प)
- Magnite : रु. ६.८० लाख डाउनपेमेन्टमा
- Nissan Leaf मा २० लाखसम्मको फाइदा
- Urban मा ०% डाउनपेमेन्ट सुविधा
अग्नि मोटोइन्क – बिगस स्कुटर
- BG RUV350 र BG C12
- मूल्य : रु. २.२८ लाखदेखि ३.२५ लाखसम्म
नोट: अफरहरू सीमित समयका लागि मात्र उपलब्ध छन् र कम्पनी अनुसार सर्तहरू लागू हुनेछन्।