
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरूले कुनै पनि पार्टीको आदेश मान्दै काम गर्नु नहुने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कर्मचारीको प्राथमिक दायित्व देश र जनताको सेवा हो, कुनै पार्टीको होइन भन्ने स्पष्ट सन्देश दिए।
देउवाले भने, “संसद्मा सबैभन्दा ठूलो पार्टी हाम्रो छ। त्यस कारण हामी कर्मचारीको हकहित सुनिश्चित गर्न सक्छौँ। तर, कर्मचारीले कुनै पनि पार्टीको आदेश मान्न पाइँदैन। देश, राष्ट्र र विधानअनुसार काम गर्नुपर्छ। चुनावमा कसलाई मत दिने भन्ने व्यक्तिगत कुरा हो, तर पार्टीको आदेशमा काम गर्नु हुँदैन।”
उनले सरकारी सेवाहरूलाई चुस्त र दुरुस्त बनाउन कर्मचारीहरूलाई सक्रिय हुन आग्रह गर्दै २१औँ शताब्दीको आवश्यकता अनुरूप छिटो र छरितो सेवा दिनुपर्नेमा जोड दिए।