Join our Channel

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा भने सुरक्षित

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा भने सुरक्षित

नेपाल मेडिकल काउन्सिल (NMC) को वेबसाइट ह्याक भएको पुष्टि भएको छ। काउन्सिलका अनुसार शुक्रबार दिउँसो करिब २ बजेबाट अनाधिकृत पहुँच (unauthorized access) भएको हो।

काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देव का अनुसार ह्याकिङको घटना भए पनि महत्वपूर्ण डेटा सुरक्षित रहेको छ।

“हाम्रो आईटी टोलीले डेटा एक्सट्र्याक्सन प्रयास भए पनि सेफ रहेको पुष्टि गरेको छ। रिकभरी प्रक्रिया पूरा भइसकेको छ, तर पुरानो सर्भर प्रयोग गर्न नमिल्ने भएकाले नयाँ सर्भर स्थापना गर्नुपर्ने अवस्था छ,”
—डा. देव, रजिष्ट्रार, नेपाल मेडिकल काउन्सिल

डेटा सुरक्षित, नयाँ सर्भरमा स्थानान्तरण हुने

डा. देवका अनुसार, वेबसाइटको रिकभरी प्रक्रिया सम्पन्न भइसकेको छ। ह्याकपछि फाइलहरू प्रभावित देखिए पनि डेटा परिवर्तन वा सम्पादन नभएको बताइएको छ।

“ह्याकरले डेटा निकालेको भए पनि सम्पादन गर्न सकेनन्,”
उनले स्पष्ट पारे।

काउन्सिलले अब फोरेन्सिक क्लियरेन्स प्राप्त भएपछि मात्र नयाँ सर्भरमा काम सुरु गर्ने तयारी गरेको छ।

साइबर ब्युरोसँग समन्वयमा अनुसन्धान

ह्याकिङ प्रकरणको अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले नेपाल प्रहरीको साइबर ब्युरो सँग समन्वय गरेको छ।

साइबर ब्युरोले फोरेन्सिक प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको र ह्याकरको पहिचान र IP एड्रेस ट्रेस गर्ने कार्य जारी रहेको बताइएको छ।

Leave a comment