Join our Channel

नेपालका जेलमा १५ सय विदेशी थुनुवा र कैदी

नेपालका जेलमा १५ सय विदेशी थुनुवा र कैदी

नेपालका विभिन्न कारागारहरूमा हाल १ हजार ५१४ जना विदेशी नागरिकहरू थुनुवा तथा कैदीका रूपमा राखिएको कारागार व्यवस्थापन विभागले जनाएको छ।
विभागका अनुसार तीमध्ये ८५६ जना थुनुवा छन् भने ६५८ जना विदेशी नागरिकहरूलाई अदालतले सजाय तोकेर जेल पठाइसकेको छ।

विभागका अनुसार कारागारमा रहेका विदेशीहरू मध्ये १ हजार ५११ जना पुरुष छन् भने ३ जना मात्रै महिला छन्।
यी सबै विदेशी नागरिकहरूलाई नेपालका विभिन्न कारागारहरूमा राखिएको छ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाली र विदेशी सबै थुनुवा तथा कैदीहरूलाई समान सेवा र सुविधा दिइन्छ।
उनले भने, “नेपाली थुनुवा र कैदीलाई जस्तो व्यवहार गरिन्छ, विदेशीहरूलाई पनि त्यस्तै व्यवहार गरिन्छ। फरक यत्ति हो, सजाय पूरा भएपछि नेपालीलाई परिवारको जिम्मा दिइन्छ भने विदेशीहरूलाई अध्यागमन विभागमा बुझाइन्छ।”

विभागका अनुसार अधिकांश विदेशी नागरिकहरू लागूऔषध ओसारपसार, कारोबार जस्ता गम्भीर आपराधिक अभियोगमा जेलमा रहेका छन्।

Leave a comment