Join our Channel

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशहरूमा बढी सतर्क रहन सुझाव

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशहरूमा बढी सतर्क रहन सुझाव

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले आज दिउँसो अधिकांश स्थानमा मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । यी प्रदेशका केही स्थानहरूमा भने भारी वर्षाको पनि पूर्वानुमान गरिएको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको पनि सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यी प्रदेशका एकदुई स्थानहरूमा राति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

मौसमविद्हरूले पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन सुझाव दिएका छन् । सम्भावित वर्षा र हिमपातका कारण बाढी, पहिरो तथा यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

Leave a comment