Join our Channel

१११ अंकले बढ्यो सेयर बजार, ९ अर्ब बढीको कारोबार

१११ अंकले बढ्यो सेयर बजार, ९ अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज उच्च अंकले बढेको छ।
आज नेप्से परिसूचक १११.७० अंकले उकालो चढ्दै २६२३ अंकमा पुगेको हो।

यसदिन ३२९ वटा स्क्रिप्सको २ करोड ३२ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँ पुगेको छ।

कुन–कुन समूह बढे?

  • व्यापार समूह: ८.६६%
  • बैंकिङ: ४.५२%
  • विकास बैंक: ६.०७%
  • फाइनान्स: ५.५४%
  • होटल तथा पर्यटन: २.३३%
  • हाइड्रोपावर: ५.८३%
  • लगानी: ७.६८%
  • जीवन बीमा: ५.६६%
  • उत्पादन तथा प्रशोधन: ४.८५%
  • माइक्रोफाइनान्स: ३.६९%
  • अन्य: १.५३%

केवल निर्जीवन बीमा समूह ४.०२% ले घटेको छ।

१०% ले उकालो चढेका कम्पनीहरू

आज ९ कम्पनीको मूल्य १०% ले बढेको छ:

  1. शिवम् सिमेन्ट
  2. जोशी हाइड्रोपावर
  3. सिन्धु विकास बैंक
  4. भूगोल इनर्जी
  5. गुडविल फाइनान्स
  6. अपी पावर
  7. आँखुखोला जलविद्युत्
  8. बलेफी हाइड्रोपावर
  9. हिमाल दोलखा हाइड्रोपावर

कारोबार रकममा अगाडि रहेका कम्पनी

  1. नेपाल पुनर्बीमा
  2. हिमालयन रिइन्स्योरेन्स
  3. गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स
  4. शिवम् सिमेन्ट
  5. हिमालयन डिस्टिलरी

गत बिहीबार लामो समयदेखि बन्द रहेर खुलेको बजार १६० अंकले घटेको थियो। तर आज पुनः बजारले मजबुत सुधार देखाएको छ।

Leave a comment