Join our Channel

निर्वाचनमा सहभागी हुन युवाहरूलाइ प्रधानमन्त्री कार्कीको आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्तालगायत सम्पूर्ण युवाहरूलाइ आगामी निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरेकी छन्।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सरकारले तयारी अघि बढाएको बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन् – “भयरहित निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक काम सुरू गरिसकेको छ। युवाहरूलाइ निर्वाचनमा सहभागिता गराउन अध्यादेश समेत जारी भइसकेको छ। आगामी निर्वाचनमा उत्साहका साथ सहभागी हुन सबै युवाहरूलाइ आह्वान गर्दछु।”

विदेशमा रहेका नेपालीलाई पनि सहभागी गराउने तयारी

उनले यसपटकको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई समेत मतदान प्रक्रियामा सहभागी गराउने तयारी भइरहेको उल्लेख गरिन्।

राजनीतिक दलहरूलाई पनि आह्वान

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सफल बनाउन राजनीतिक दलहरूलाइ पनि जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिन्।

Leave a comment