Join our Channel

रौतहटमा लुटपाटको आरोपमा दुई जना पक्राउ

रौतहट जिल्लामा लुटपाटको घटनामा संलग्न रहेको आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा यमुनामाई गाउँपालिका–१, जेठरहीया झाझपुल स्थायी ठेगाना भएका २२ वर्षीय मुकेश महतो र २० वर्षीय सीताराम महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरूलाई लुटपाट गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले जानकारी दिए।

प्रहरीले लुटपाटमा संलग्न रहेका व्यक्तिहरूलाई कडा निगरानीमा राख्दै आएका छन् भने स्थानीय सुरक्षा अवस्था बलियो बनाउने प्रयास भइरहेको जनाएको छ।

Leave a comment