Join our Channel

गर्मी बढेपछि वीरगन्जका सबै विद्यालय दुई दिनका लागि बन्द

गर्मी बढेपछि वीरगन्जका सबै विद्यालय दुई दिनका लागि बन्द

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि वीरगन्ज महानगरपालिकाले क्षेत्रका सबै विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। जेठ २९ र ३० गते (बुधबार र बिहीबार) महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरिने भएको हो।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले बुधबार एक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यालयमा पढिरहेका विद्यार्थीहरू बेहोस हुन थालेको र यसले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याइरहेको बताएका छन्। सोही कारण सुरक्षित र स्वस्थ वातावरण सुनिश्चित गर्न दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

पछिल्ला दिनमा वीरगन्ज क्षेत्रमा तापक्रम अत्यधिक बढ्दै गएको छ। गर्मीका कारण बालबालिकाहरूमा कमजोरी, डिहाइड्रेसन, र अत्याधिक थकानजस्ता समस्या देखिन थालेका छन्। यसलाई मध्यनजर गर्दै महानगरले सावधानी स्वरूप अस्थायी बिदाको घोषणा गरेको हो।

महानगरले अभिभावकहरूलाई पनि गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन र बालबालिकालाई पर्याप्त पानी पिलाउन आग्रह गरेको छ।

Leave a comment