Join our Channel

रौतहटमा तरकारी गाडीबाट ३३४ किलो गाँजा बरामद, चालक फरार

रौतहटमा तरकारी गाडीबाट ३३४ किलो गाँजा बरामद, चालक फरार

रौतहट प्रहरीले शनिबार राति गस्तीका क्रममा ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ।

प्रहरी चौकी रामपुरखापबाट खटिएको टोलीले इशनाथ नगरपालिका –८, मोतिपुर सडक खण्डबाट तरकारी लोड भएको पिकअप गाडी नियन्त्रणमा लिएको हो। गाडी मोतिपुरबाट जटहरा हुँदै भारततर्फ जाँदै गरेको थियो।

जाँचको क्रममा गाडी चालक फरार भएपछि प्रहरीले शंका अनुसार गाडी जाँच गर्दा २६ वटा पोकामा ३३४ किलो गाँजा फेला परेको छ। बरामद गाँजा माथिबाट २० किलो काउलीले छोपेर लुकाइएको थियो।

बरामद गाँजामा एक पोकामा १५ किलोको दरले १९ पोकामा २८५ किलो र एक पोकामा ७ किलोको दरले ७ पोकामा ४९ किलो रहेको डिएसपी राजु कार्कीले जानकारी दिएका छन्।

हाल गाँजा र गाडी प्रहरी नियन्त्रणमा राखिएको छ भने फरार रहेका गाडी चालक र गाँजा तस्करको खोजी कार्य जारी छ।

Leave a comment