
नेपाल क्रिकेट संघ (क्यान)ले यूएईमा हुने नेपाल र वेष्टइन्डिजबीचको खेलका लागि खेलाडीहरूको भिसा आउनेमा ढुक्क रहेको जानकारी दिएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, आईसीसी र यूएई क्रिकेट संघको पहलमा भिसा प्रक्रिया अघि बढिरहेको छ। उनले भने, “यो कार्यक्रम पूर्वनिर्धारित छ। भिसा आउनेमा हामी ढुक्क छौं। भिसा आउने बित्तिकै टिम उड्नेछ।”
यसअघि, भदौ २३ र २४ गते जेन्जी प्रदर्शनको क्रममा जेलमा रहेका कैदीबन्दी फरार भएपछि, यूएई सरकारले नेपालको भिजिट भिसा र कामदार भिसा रोकेको थियो। यस कारण, नेपाली क्रिकेट टिमको यूएई प्रस्थान तालिका केही अनिश्चित बनेको थियो।
आज यूएईमा सार्वजनिक बिदा भएको कारण पनि भिसा साँझ वा भोलिसम्ममा आउने अपेक्षा गरिएको छ। क्यानले खेलाडीहरूको यूएई प्रवेशमा कुनै समस्या नहुने आश्वासन दिएको छ।