Join our Channel

SEE मा ७० प्रतिशत उत्तीर्ण गराउने सरकारको योजना, प्रधानमन्त्री ओलीको घोषणा

SEE मा ७० प्रतिशत उत्तीर्ण गराउने सरकारको योजना, प्रधानमन्त्री ओलीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण गराउने सरकारी योजना रहेको बताएका छन्।

शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको एसईई नतिजा अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले राम्रो भएकोमा खुशी व्यक्त गरे। तर केही व्यक्तिहरूले अङ्क थपेर पास गराइएको भन्दै विद्यार्थीको मेहनतको अपमान गरेकोप्रति उनले आपत्ति जनाए।

प्रधानमन्त्रीले भने, “खुसीको कुरा हो, यसपटकको एसईई नतिजामा सुधार आएको छ। गत वर्ष ४८ प्रतिशतभन्दा कम मात्र विद्यार्थी पास भएका थिए, तर यसपालि ६१.८१ प्रतिशतले उत्तीर्ण गरेका छन्। यो विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासको फल हो।”

ओलीले नेपाली विद्यार्थीहरू मेहनती भएको उल्लेख गर्दै भने, “हामी यस्तो वातावरण बनाउँछौं जहाँ विद्यार्थी फेल नहुने अवस्थामा पढ्न सकून्। सरकारले आगामी वर्ष ६५ देखि ७० प्रतिशत विद्यार्थी पास हुने लक्ष्य लिएको छ।”

प्रधानमन्त्रीले शिक्षकको मेहनत, अभिभावकको साथ र विद्यार्थीको समर्पणले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने भन्दै सबैलाई धन्यवाद पनि दिए।

Leave a comment