Join our Channel

शेरबहादुर देउवाको प्रतिक्रिया : “फेक भिडियो बनाएर मेरो चरित्रहत्या गरियो, छानबिन होस्”

शेरबहादुर देउवाको प्रतिक्रिया : "फेक भिडियो बनाएर मेरो चरित्रहत्या गरियो, छानबिन होस्"

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध फेक भिडियो बनाएर चरित्रहत्या गरिएको आरोप लगाएका छन्।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले उक्त भिडियोबारे छानबिन गर्न माग गरे।
उनले भने — “फेक भिडियो छ नि जो, मेरो घरमा भेटेको भनेको त्यो। अरु देशको भिडियो तानेर ल्याएर मेरो भिडियोमा हाल्दिएको छ। एआईबाट भिडियो बनाएको कुरा स्पष्ट भइसकेको छ। मेरो खिलाफ फेक भिडियो बनाएकाले त्यस विषयमा पनि छानबिन होस्।”

देउवा : “म र मेरो परिवारमाथि ज्यान लिने मनसायले हमला भयो”

सभापति देउवाले गत भदौ २४ गते भएको घटनामा आफू र परिवारमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको बताएका छन्।
उनका अनुसार, “त्यो दिन सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि ज्यान लिने मनसायले सांघातिक हमला गरियो। घरमा तोडफोड, लुटपाट र आगजनी भयो। सुरक्षाकर्मीको अथक प्रयासपछि मात्र हामीलाई उद्धार गरिएको थियो।”

देउवाले थपे — “त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छविलाई गिराउन झुटा प्रचार र फेक भिडियोमार्फत चरित्रहत्या गर्न खोजियो।”

‘जेन–जीका जायज माग सम्बोधन गर्नुपर्छ’

देउवाले हालको आन्दोलनमा सहभागी जेन–जी पुस्ताका मागहरूलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
उनले भने, “उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ता सुन्नैपर्छ। यो विषय बैठकमा गम्भीर रूपमा छलफल हुनेछ।”

हालै सामाजिक सञ्जालमा भाइरल भइरहेको देउवासँग सम्बन्धित भनिएको भिडियो फेक (AI-generated) भएको पुष्टि भएको भन्दै उनले यसको छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका हुन्।

Leave a comment