Join our Channel

अपहरणपछि केही महिनामै विपिन जोशीको हत्या, केही दिनमा मात्र शव नेपाल पठाइने

अपहरणपछि केही महिनामै विपिन जोशीको हत्या, केही दिनमा मात्र शव नेपाल पठाइने

गत वर्ष अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको हत्या अपहरणको केही महिनाभित्रै गरिएको अन्तर्राष्ट्रिय मिडियाहरूले स्रोत उद्धृत गर्दै पुष्टि गरेका छन्।
इजरायली सेनाले (IDF) गाजाबाट उद्धार गरिएका चार शवमध्ये एक विपिनको रहेको पुष्टि गरेसँगै उनको मृत्युको औपचारिक घोषणा गरिएको हो।

इजरायली सेनाका अनुसार, उद्धार गरिएका शवहरूमध्ये दुई इजरायली र एक नेपालीको पहिचान फोरेन्सिक परीक्षणबाट पुष्टि भएको हो। प्रारम्भिक अनुसन्धानले हमासले विपिनको अपहरणपछि केही महिनामै हत्या गरेको देखाएको छ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार विपिनकी आमा र बहिनी पुष्पा जोशी अहिले अमेरिकामा रहेका छन्। उनीहरू यो शुक्रबारसम्म नेपाल फर्किने तयारीमा छन्।
दूतावासका अनुसार, परिवार नेपाल पुगेपछि मात्र इजरायल सरकारले विपिनको शव नेपाल पठाउने प्रक्रिया अघि बढाउनेछ।
यसका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न केही दिन लाग्ने बताइएको छ।

इजरायली अधिकारीहरूले शव फेला परेको स्थान र अवस्थाबारे विस्तृत विवरण नखोले पनि सैनिक स्रोतहरूले शव अत्यन्त कठिन अवस्थाबाट गाजाको भित्री भागबाट उद्धार गरिएको बताएका छन्।

गत वर्षको नोभा संगीत महोत्सवमा हमासको आक्रमणका क्रममा विपिनसहित १७ नेपाली विद्यार्थीहरू फसेका थिए।
सो घटनामा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने, विपिन मात्रै लामो समयसम्म ‘बन्दी’को सूचीमा रहेका एक्ला नेपाली थिए।
उनको मृत्युको खबरले इजरायलमा रहेका नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ।

इजरायलका राजदूत समूहद्वारा श्रद्धाञ्जली

इजरायलमा रहेका विभिन्न देशका राजदूतहरूको समूहले गाजामा हत्या गरिएका नेपाली नागरिक विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
एक विज्ञप्तिमा समूहले भनेको छ —
“हामी गाजामा बन्धक अवस्थामा रहँदा निर्मम रूपमा हत्या गरिएका नेपाली नागरिकको परिवारप्रति गहिरो शोक र संवेदना व्यक्त गर्छौं।”

समूहले विपिनको हत्या क्रूरतापूर्ण आतंकवादी आक्रमण भएको बताउँदै, उनी इजरायलमा शिक्षा र अवसर खोज्न आएका निर्दोष युवा भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा थपिएको छ —
“एक निर्दोष जीवनको यो क्षति हाम्रो साझा मानवीय मूल्यहरू — जीवनको पवित्रता, शान्ति र करुणा —को स्मरण गराउँछ।”

समूहले नेपाल र इजरायलबीचको मित्रता र मानवीय सम्बन्ध झन् गहिरो बनाइराख्ने प्रतिबद्धता पनि जनाएको छ।

Leave a comment