Join our Channel

यस वर्षको तिहारमा मौसम कस्तो रहने?

यस वर्षको तिहारमा मौसम कस्तो रहने?

यस वर्ष तिहार पर्वमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेता पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले तिहार विशेष मौसम बुलेटिन जारी गर्दै देशभरका भूभागमा हुने सम्भावित मौसमको विवरण प्रस्तुत गरेको छ।

तिहारको दिन अनुसार मौसम पूर्वानुमान

  • कार्तिक ३ (लक्ष्मी पूजा):
    पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना।
  • कार्तिक ४ (औँसी/काग तिहार):
    पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम मुख्यतया सफा।
    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना।
  • कार्तिक ५ (गोवर्धन पूजा):
    पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली, बाँकी भूभागमा मौसम मुख्यतया सफा।
    कोशी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा/हिमपात हुन सक्ने सम्भावना।
  • कार्तिक ६ (भाइटीका):
    कोशी र मधेश प्रदेशसहित बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली, बाँकी भूभागमा मौसम मुख्यतया सफा।
    सबै पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा/हिमपातको सम्भावना।

सुरक्षा र तयारीको सन्देश

मौसम पूर्वानुमान अनुसार पर्वका दिनहरूमा पहाडी र उच्च हिमाली भूभागमा हल्का वर्षा/हिमपात हुन सक्ने भएकाले यात्रु र पर्व मनाउने सबै जनालाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a comment