Join our Channel

केपी शर्मा ओलीको चुनौती: “म नेपालको जुनसुकै स्थानमा जान्छु, रोकेर देखाउनू”

ओलीको चुनौती: “म नेपालको जुनसुकै स्थानमा जान्छु, रोकेर देखाउनू”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई उपत्यका बाहिर जान रोक लगाएकोप्रति आपत्ति जनाएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा अध्यक्ष ओलीले आफू नेपालको जुनसुकै स्थानमा जान तयार रहेको र कसैले रोक्न सके नदेखाउने चुनौती दिएका हुन्।

औँसीको अँध्यारोमा उज्यालोको प्रतीक

ओलीले तिहारको अवसरमा औँसीको अँध्यारो रातलाई उज्यालोले चिर्न बत्ती बालिने परम्परा सम्झाउँदै वर्तमानमा देशमा छाएको अँध्यारोलाई पनि उज्यालोले चिर्न आवश्यक रहेको बताए।
उनले पार्टी कार्यकर्ता र समर्थकलाई सकारात्मक ऊर्जा र उत्साहसाथ अघि बढ्न प्रेरित गर्ने संदेश दिएका छन्।

Leave a comment