Join our Channel

हेटौंडामा सुनको गहना चोरी गर्ने तीन युवक पक्राउ, तिलहरीसहित बरामद

हेटौंडामा सुनको गहना चोरी गर्ने तीन युवक पक्राउ, तिलहरीसहित बरामद

सुनको गहना चोरी गरेको आरोपमा मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१८ स्थित रामधुनीबाट तीन युवालाई पक्राउ गरेको छ।

३० वर्षीया उषा परियारले आफ्नै घरबाट सुनको तिलहरी हराएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्। उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै हेटौंडा–१८ मा रहेको ठूलोदमार प्रहरी चौकीबाट टोली खटाएको थियो।

अनुसन्धानको क्रममा प्रहरीले २४ वर्षीय उपेन्द्रबहादुर विश्वकर्मा, ३० वर्षीय सञ्जिव गोतामे, र हेटौंडा–४ निवासी २५ वर्षीय सन्तबहादुर बराइलीलाई बिहीबार पक्राउ गरेको हो। उनीहरूलाई सुन चोरीमा संलग्न भएको अभियोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट चोरी गरिएको सुनको तिलहरी समेत बरामद गरेको छ। जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमति लिएर उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a comment