Join our Channel

हलमा लाग्यो ‘महाभोज’, सहकारी पीडितको कथा अब पर्दामा

हलमा लाग्यो ‘महाभोज’, सहकारी पीडितको कथा अब पर्दामा

निर्देशक दिनेश राउतद्वारा निर्देशित बहुप्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’ आजबाट देशभर प्रदर्शनमा आएको छ।

यसअघि जेठ १५ गते प्रदर्शन हुने भनिएको यो चलचित्र सहकारी पीडितसँग सम्बन्धित विभिन्न आन्दोलनका कारण स्थगन गरिएको थियो। अन्ततः जेठ ३० बाट दर्शकमाझ आएको फिल्मले वास्तविक सहकारी पीडितहरूको कथा बोल्ने प्रयास गरेको छ।

फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अन्जना बराइली, गौमाया गुरुङमलिका महत मुख्य भूमिकामा देखिएका छन्। यसका साथै चलचित्रको चर्चित गीत ‘लालुमै’ पहिले नै दर्शकमाझ लोकप्रिय बनिसकेको छ।

फिल्म निर्माण हिमाल कडरियाले गरेका हुन् भने कार्यकारी निर्माता किरण नेपाली रहेका छन्।

निर्देशक राउत यसअघि पनि ‘पुजार सार्की’ निर्देशन गरेर समीक्षात्मक सफलता प्राप्त गरिसकेका छन्। ‘महाभोज’को विशेष प्रदर्शनपछि वास्तविक सहकारी पीडितहरूले चलचित्रको विषयवस्तु तथ्यपरक र यथार्थपरक रहेको प्रतिक्रिया दिएका छन्।

Leave a comment