Join our Channel

इरान–इजरायल संकटमा नेपालीको सुरक्षा: नेपाल सरकारको महत्वपूर्ण सचेतना

इरान–इजरायल संकटमा नेपालीको सुरक्षा: नेपाल सरकारको महत्वपूर्ण सचेतना

नेपाल सरकारले इरान र इजरायलबीच जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै उक्त देशमा रहेका सबै नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा, दुवै पक्षलाई तनाव बढ्नबाट जोगिन र शान्ति कायम गर्न कूटनीतिक वार्तामा जोड दिन आग्रह गरिएको छ।

इरान र इजरायलबीचको तनावका कारण हाल इरानको तेहरान र इजरायलको तेल अवीव तथा जेरुसलेममा हवाई आक्रमण भइरहेको छ। इजरायली सेनाले इरानको आणविक कार्यक्रम र क्षेप्यास्त्र क्षमतामाथि लक्षित गर्दै सैन्य हमला गरेको र इरानले जवाफी हवाई हमला गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालस्थित इजरायली दूतावासले इरानलाई ‘आतंकवादको विश्वको पहिलो प्रायोजक राज्य’ भनेको छ र इजरायलले आफ्नो सुरक्षा सुनिश्चित गर्न यो सैन्य अभियान सञ्चालन गरेको बताएको छ। इरानले भने इजरायललाई ठूलो मूल्य तिर्नुपर्ने चेतावनी दिएको छ।

नेपाल सरकारले दोहा र तेल अवीवस्थित आफ्ना नियोगमार्फत नेपालीहरूसँग लगातार सम्पर्कमा रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले सबै नेपाली नागरिकलाई वर्तमान घटनाक्रमबारे जानकारी राख्न र अनावश्यक जोखिम नलिन आग्रह गरेको छ।

Leave a comment