Join our Channel

अमेरिका र बेलायत पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ

अमेरिका र बेलायत पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ

विदेश पठाइदिन्छु भन्दै आकर्षक तलबको लोभ देखाएर लाखौं रुपैयाँ ठगी गर्ने दुई जना व्यक्तिहरूलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। ठगीमा संलग्न व्यक्तिहरूले अमेरिका र युके पठाइदिन्छु भनी नेपाली नागरिकहरूबाट ठूलो रकम असुल गरेका थिए।

पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने, नुवाकोटको विदुर नगरपालिका–४ स्थायी ठेगाना भएका ५१ वर्षीय राज कुमार मानन्धर र काठमाडौं महानगरपालिका–१४ बस्ने, रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थायी ठेगाना भएका ४० वर्षीय ओम बहादुर खत्री रहेका छन्।

प्रहरीका अनुसार राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३५ लाख ६९ हजार रुपैयाँ उठाएका थिए। ओम बहादुरले भने युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ७५ हजार रुपैयाँ लिएर फरार भएका थिए। दुवैजना केही समयदेखि सम्पर्कबिहीन थिए।

पीडितहरूको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले राज कुमारलाई बिहीबार काठमाडौं–१६ बाट र ओम बहादुरलाई शुक्रबार काठमाडौं–१२ बाट पक्राउ गरेको हो।

पक्राउ परेका राज कुमारलाई जिल्ला प्रहरी परिसर, काठमाडौं मा पठाइएको छ भने ओम बहादुरलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग मा बुझाइएको प्रहरीले जनाएको छ।

Leave a comment