Join our Channel

बोसनिया र मलेसिया रोजगारीको लोभ देखाएर १२ लाख ठगी गर्ने दुई जना पक्राउ

बोसनिया र मलेसिया रोजगारीको लोभ देखाएर १२ लाख ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिने भन्दै आकर्षक रोजगारीको प्रलोभन देखाएर १२ जनाबाट १२ लाख रूपैयाँभन्दा बढी ठगी गर्ने दुई जना ठग पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरू हुन् — काठमाडौं महानगरपालिका–१६ बस्ने लमजुङ दोर्दी गाउँपालिका–५ का ३४ वर्षीय दिपेन्द्र गुरुङ र काठमाडौं महानगरपालिका–१५ बस्ने सर्लाही बरहथवा नगरपालिका–१ की रूपी माया

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार, दिपेन्द्र गुरुङले बोसनिया पठाइदिने भन्दै ६ जना पीडितबाट ७ लाख रूपैयाँ असुलेका थिए भने रूपी मायाले मलेसिया पठाइदिने भन्दै अर्का ६ जना पीडितबाट ५ लाख ५७ हजार रूपैयाँ ठगी गरेकी थिइन्।

ठगी गरेपछि दुबै जना फरार रहेका थिए। पीडितहरूबाट प्राप्त उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। हाल दुबै जनालाई वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Leave a comment