Join our Channel

नेपालमा एलएस अटोका दुई नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक, एकपटक चार्जमा ४०० किलोमिटर यात्रा!

नेपालमा एलएस अटोका दुई नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक, एकपटक चार्जमा ४०० किलोमिटर यात्रा!

नेपालको अटो बजारमा फेरि नयाँ उत्साह थपिएको छ। एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले नेपालमा दुई नयाँ इलेक्ट्रिक सवारीसाधन (EV) सार्वजनिक गर्ने घोषणा गरेको छ।

नेक्सन भेन्चरले आगामी नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ‘LEV 05’ र ‘LEV X’ नामका दुई नयाँ मोडल लञ्च गर्ने तयारी गरेको छ। यो एक्स्पो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

LEV 05: 400KM रेञ्जसहितको ह्याचब्याक EV

‘LEV 05’ एक प्रिमियम ह्याचब्याक इलेक्ट्रिक कार हो। यसमा ४२०० एमएम लम्बाइ, १७७० एमएम चौडाइ, र १६१० एमएम उचाइ रहेको छ। यसको २६५० एमएम ह्वीलबेस र १७५ एमएम ग्राउण्ड क्लियरेन्सले यसलाई नेपाली बाटोमा उपयुक्त बनाएको छ। कारमा ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर राखिएको छ, जसको अधिकतम टर्क १८० न्युटन मिटर रहेको छ।

यो कारमा आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो — ५६ किलोवाट आवरको LFP ब्याट्रीप्याक छ, जसले एकपटकको चार्जमा ४०० किलोमिटरभन्दा बढी दूरी यात्रा गर्न सक्छ। यसलाई ६०KW DC फास्ट चार्जर वा ७KW AC चार्जर प्रयोग गरेर सजिलै चार्ज गर्न सकिन्छ।

LEV X: पावरफुल Crossover SUV

नेक्सनले लन्च गर्न लागेको दोस्रो मोडल ‘LEV X’ हो, जुन पहिल्यै बजारमा आएको LEV 01 को फोर ह्वील ड्राइभ संस्करण हो। यो क्रसओभर SUV डिजाइनमा निर्माण गरिएको इभी हो।

यसमा फ्रन्ट र रियरमा गरी २०० किलोवाटको डुअल मोटर सिस्टम रहेको छ, जसले अझ बलियो ड्राइभिङ अनुभव दिनेछ। LEV X मा ७७ किलोवाट आवरको ठूलो ब्याट्रीप्याक दिइएको छ। यसमा नयाँ AC भेन्ट डिजाइनसहितको ड्यासबोर्ड, फ्रन्ट हाइड्रोलिक बोनट, र अतिरिक्त लगेज स्पेसका लागि फ्रङ्क पनि समावेश गरिएको छ।

नयाँ शोरुम पनि सुरु

नेक्सन भेन्चरले एलएस अटोको नयाँ EV शोरुम तीनकुनेस्थित एयरपोर्ट कार्गो टर्मिनल अगाडि सुरु गरेको छ, जहाँ उपभोक्ताहरूले यी मोडेलहरू प्रत्यक्ष अवलोकन र खरिद गर्न सक्नेछन्।

Leave a comment