Join our Channel

सिरहामा प्रेम प्रसंगले लियो उग्र रूप: युवतीले प्रेमीलाई गरेकाे चक्कु प्रहार

सिरहामा प्रेम प्रसंगले लियो उग्र रूप: युवतीले प्रेमीसँगै गरेकाे चक्कु प्रहार

सिरहाको गोलबजारमा एक युवतीले प्रेमीमाथि चक्कु प्रहार गरेकी छिन्। बिहीबार अपराह्न गोलबजार नगरपालिका–४ स्थित एक घरमा १७ वर्षीया अनिशा मण्डलले २४ वर्षीय अशोककुमार महतोमाथि चक्कु प्रहार गर्दा उनी गम्भीर घाइते भएका छन्।

पीडित महतो गोलबजार–१३ का स्थायी बासिन्दा हुन् र हाल गोलबजारमा कोठा भाडामा लिएर बस्दै आएका थिए। घटनाको समयमा युवती उनको कोठामा केही समय बसेपछि अचानक घाँटी र शरीरका अन्य भागमा चक्कु प्रहार गरेकी थिइन्। हाल अशोककुमारको गोलबजारस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ।

छतमाथिबाट हाम फालेर भाग्ने प्रयास

स्थानीयका अनुसार, घरभित्रको हल्लाखल्ला सुनेर छिमेकीले कोठामा हेर्दा युवती अनिशा मण्डलले घरको भर्‍याङ हुँदै छतमाथिबाट हाम फालेकी थिइन्। उनी पनि घाइते भएकी छन् र अहिले सिरहास्थित प्रादेशिक अस्पतालमा उपचाररत छिन्।

प्रेम सम्बन्धकै कारण घटना भएको अनुमान

स्थानीयबासीका अनुसार उनीहरूबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको र नियमित भेटघाट हुँदै आएको थियो। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

Leave a comment