Join our Channel

सङ्खुवासभामा ३१ करोड राजस्व संकलन, अझै १६ करोड उठाउन बाँकी

सङ्खुवासभामा ३१ करोड राजस्व संकलन, अझै १६ करोड उठाउन बाँकी

खाँदबारीस्थित करदाता सेवा कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा करबापत ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। शुक्रबार खाँदबारीमा आन्तरिक राजस्व विभागले आयोजना गरेको जरिवाना छुट सम्बन्धी कार्यक्रममा यो जानकारी दिइएको हो।

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालयका निर्देशक वासुदेव पौडेलले अझै १६ करोडभन्दा बढी राजस्व संकलन गर्न बाँकी रहेको जानकारी दिए। उनले कर नतिर्ने करदाताहरूलाई राहतस्वरूप २०८२ सालको पुस मसान्तसम्म जरिवाना र ब्याजमा छुट दिने निर्णय गरिएको जानकारी पनि दिए।

उनका अनुसार, ढुवानी साधनको भाडा, सामाजिक संस्था सम्बन्धी कर, मूल्य अभिवृद्धि कर (VAT), अवकाश योगदान, अन्तशुल्क र आय विवरण नपेस गरेको अवस्थाजस्ता विभिन्न शीर्षकमा छुटको व्यवस्था गरिएको छ।

संखुवासभा जिल्लामा मात्रै २५ हजारभन्दा बढी व्यवसायीहरू कर प्रणालीमा आबद्ध छन्। कार्यालयका अनुसार छुट घोषणा भएपछि कर तिर्ने करदाताको चाप बढ्दो छ, जसले राजस्व संकलनलाई थप सघाउने अपेक्षा गरिएको छ।

Leave a comment