Join our Channel

क्लब वर्ल्डकपमा बेनफिकाको गोल वर्षा : अकल्यान्ड सिटीलाई ६-० ले पराजित

क्लब वर्ल्डकपमा बेनफिकाको गोल वर्षा : अकल्यान्ड सिटीलाई ६-० ले पराजित
Getty Images

क्लब वर्ल्डकपको शुक्रबार सम्पन्न खेलमा पोर्चुगलको चर्चित क्लब बेनफिकाले अकल्यान्ड सिटीलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ।

समूह ‘सी’ अन्तर्गतको यो खेलमा अकल्यान्ड सिटी दोस्रो पटक भारी अन्तरले पराजित भएको हो। यसअघि, उनीहरू बायर्न म्युनिकसँग १२–० को लज्जास्पद हार व्यहोरेका थिए। लगातार हारपछि अकल्यान्डको यो प्रतियोगिताबाट यात्रा समाप्त भएको छ।

बेनफिकाका लागि अनुभवी स्टार एन्जेल डि मारियाले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे।

अर्को तर्फ, समूह ‘डी’ मा फ्लेमिङ्गोले चेल्सीलाई ३–१ ले हराएको छ। खेलको सुरुमा चेल्सीका पेड्रो नेटोले गोल गरेर अग्रता दिलाए पनि त्यसलाई कायम राख्न सकेनन्।

फ्लेमिङ्गोका तर्फबाट ब्रुनो हेनरिक, डानिलो र वालेस यानले एक-एक गोल गरे।

खेलको ६८औं मिनेटपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो, जब निकोलस ज्याक्सनले रातो कार्ड पाउँदै मैदान छोडे।

यसै समूहको अर्को खेलमा ट्युनिसियन क्लब इस्परेन्सले लस एन्जलस एफसीलाई १–० ले पराजित गरेको छ।

Leave a comment