Join our Channel

धनगढी उपमहानगरको नयाँ बजेट सार्वजनिक: सीप, रोजगारी र स्वास्थ्यमा जोड

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ५६ करोड ४ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष ०८१/८२ को तुलनामा यो बजेट ३७ करोड ६२ लाख बढी हो।

नगरपालिकाले आगामी वर्षलाई ‘समृद्ध धनगढी बनाउने वर्ष’ घोषणा गर्दै विविध सामाजिक र पूर्वाधार योजनालाई निरन्तरता दिने जनाएको छ। नगर प्रमुख गोपाल हमालका अनुसार विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक, सफा धनगढी अभियान, हरियाली प्रवर्धन, रात्रीकालीन बजार, महिला उद्यम बजार लगायतका कार्यक्रमलाई अघि बढाइनेछ।

बजेटका मुख्य अंशहरू:

  • चालुतर्फ खर्च: १ अर्ब ३८ करोड २६ लाख
  • पुँजीगत खर्च: १ अर्ब १८ करोड २९ लाख ३५ हजार
  • कुल स्रोत:
    • आन्तरिक आय: ५४ करोड ७९ लाख
    • राजस्व बाँडफाँट: ५० करोड ६० लाख
    • संघीय सरकार: ९९ करोड ९ लाख
    • प्रदेश सरकार: ११ करोड २२ लाख
    • चालु आवको मौज्दात: ३३ करोड ३२ लाख

सामाजिक सेवामा निरन्तरता

  • विशेषज्ञ स्वास्थ्य क्लिनिकमार्फत १ लाख ३३ हजार ८७५ जनालाई सेवा
  • सफा धनगढी अभियानमा १ लाख ९८ हजार नागरिकको सहभागिता
  • हरियाली प्रवर्धन कार्यक्रम अन्तर्गत १६ हजार ५६ बिरुवाहरू रोपिएका
  • अपांगता सहायता सामग्री वितरण निरन्तर

आमा बचाउ कार्यक्रमको उपलब्धि

‘आमा बचाउ’ कार्यक्रमअन्तर्गत ३ वर्षमा:

  • १,०३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा
  • ४,५६८ सुत्केरी महिलालाई घरमै स्वास्थ्य सेवा उपलब्ध

नगर सभाको प्रतिबद्धता

नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा “हाम्रो धनगढी हामी बनाउँछौं” भन्ने मूल नारासहित दीर्घकालीन समृद्धि योजनालाई निरन्तरता दिने उल्लेख गरिएको छ।

Leave a comment