Join our Channel

फेरि बढ्यो सुनको मूल्य!

फेरि बढ्यो सुनको मूल्य!

नेपालमा सुनको मूल्यमा फेरि वृद्धि भएको छ। आज आइतबार (असार ७ गते) सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर १ लाख ९५ हजार २ सय रुपैयाँ पुगेको छ।

शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो। आजको वृद्धिसँगै सुनको मूल्यले पुनः नयाँ उचाइ छोएको हो।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला २ हजार १ सय ५० रुपैयाँ रहेको चाँदी आइतबार २ हजार १ सय ६० रुपैयाँ मा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो।

विश्लेषकहरूका अनुसार, बजारमा सुन र चाँदीको मागमा भएको वृद्धिका कारण मूल्यमा उतारचढाव देखिएको हो। माग बढेपछि स्वभाविक रूपमा मूल्य बढ्ने प्रचलन हुने हुँदा यो सामान्य हो भनी विश्लेषण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य ३,३६७ अमेरिकी डलर पुगेको छ। विश्लेषकहरूले भविष्यमा अझै मूल्य बढ्ने अनुमानसमेत गरेका छन्।

Leave a comment