Join our Channel

२१ वर्षपछि हत्या अभियुक्त दुर्गाबहादुर तामाङ पक्राउ

२१ वर्षपछि हत्या अभियुक्त दुर्गाबहादुर तामाङ पक्राउ

भोजपुरको जरायोटार–४ निवासी ३६ वर्षीय परशुराम बिकको हत्या गरेर फरार रहेका अभियुक्त दुर्गाबहादुर तामाङलाई २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

६२ वर्षीय तामाङले २०६२ सालको चैत २२ गते बिकको हत्या गरेका थिए। घटनापछि उनी विभिन्न स्थानमा लुक्दै आएका थिए। केही दिनयता गाउँमै लुकेर बसेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

पुनरावेदन अदालत धनकुटाले २०६९ साल असार १७ गते तामाङलाई दुई वर्ष कैद सजाय सुनाएको थियो।

पक्राउपछि उनलाई संखुवासभा जिल्ला अदालत, चैनपुरमा उपस्थित गराइएपछि आइतबार कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको प्रहरीले जनाएको छ।

Leave a comment