Join our Channel

डर्टमन्ड र इन्टर क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश

डर्टमन्ड र इन्टर क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश
Getty Images

फिफा क्लब विश्वकप फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमन्ड र इटालियन क्लब इन्टर मिलान अन्तिम १६ मा प्रवेश गरेका छन्।

बिहीबार भएको खेलमा डर्टमन्डले दक्षिण कोरियाको क्लब उल्सन हुन्डाईलाई १–० ले पराजित गर्दै समूह ‘जी’को विजेता बनेको हो। ड्यानियल स्लेभन्सले पहिलो हाफको ३६ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो। यो जितसँगै डर्टमन्डले लिग चरणको तीनै खेलमा अपराजित रहँदै ७ अंक जोड्यो।

उता समूह ‘ई’ मा इन्टर मिलानले अर्जेन्टिनी क्लब रिभर प्लेटलाई २–० ले हराउँदै समूह विजेता बनेको छ। इन्टरका लागि फ्रान्सिस्को इस्पोसोटीएलसान्ड्रो बास्टोनीले गोल गरे। रिभर प्लेटका दुई खेलाडी लुकास मार्टिनेजगोन्जालो मोन्टियल रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि टोली ९ खेलाडीमा सीमित बन्यो।

समूह ‘ई’ को अर्को खेलमा मेक्सिकन क्लब मोन्टेरीले जापानी क्लब उरवा रेड डायमन्ड्सलाई ४–० ले हराउँदै नकआउट चरणमा प्रवेश गर्‍यो।

यस समूहमा इन्टर ७ अंकसहित शीर्षस्थानमा रहँदा मोन्टेरी ५ अंकसहित दोस्रो स्थानमा रह्यो। रिभर प्लेट ४ अंकमै सीमित रह्यो भने उरवा कुनै अंक जोड्न नसक्दै प्रतियोगिताबाट बाहिरियो।

अन्य खेल समीक्षाः
समूह ‘जी’ मा दोस्रो स्थानमा ब्राजिलियन क्लब फ्लुमिनेस रह्यो। उसले ६ अंक जोड्दै सनडाउन्सलाई गोलरहित बराबरीमा रोकेको थियो। सनडाउन्स ४ अंकमा सीमित रहँदै बाहिरिएको हो। उल्सन हुन्डाई भने तीनै खेल हार्दै अंकविहीन रह्यो।

अर्को चरणमा भिडन्तः

  • इन्टर मिलान अब फ्लुमिनेससँग प्रतिस्पर्धा गर्नेछ।
  • डर्टमन्डले मोन्टेरीसँग प्रतिस्पर्धा गर्नेछ।

Leave a comment