
धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश नम्बर ०१००९ प ७७८४ को मोटरसाइकल अनियन्त्रित भई सडकछेउको नालामा खसेपछि जुगेडाका रवीन्द्र सिंह गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनापछि सिंहलाई तत्कालै उद्धार गरेर सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।